४ असोज २०८० बिहीबार
काठमाडौँ । सरकार र शिक्षक महासंघबीचको वार्ता निष्कर्षविहीन भएको छ । बिहीबार साँझ सिंहदरबारस्थित गृह मन्त्रालय भएको सरकार र महासंघबीचको वार्ता निष्कर्षविहीन भएको हो ।
दुई पक्षबीचको वार्तामा बुँदागत रुपमा छलफल भएको भन्दै शिक्षा मन्त्री अशोक राईले छलफल भएको बताए । उनले शिक्षकहरुका मागको बारेमा भोलि शुक्रबार बिहान टुंगो लगाइने बताए । दुई पक्षबीच भोलि बिहान ८ बजे फेरि वार्ता हुने उनले बताए ।