५ साउन२०८० शुक्रबार
दाङः— दाङमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका—३ बस्तीखोला निवासी अन्दाजी ५० वर्षिया दल बहादुर घर्तीको सर्पको टोकाईबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिए ।
शुक्रबार दिउँसो १ बजेको समयमा घरभित्रबाट बाहिर निस्कने क्रममा ढोकामा लुकेर बसेको सर्पले घर्तीलाई डसेको थियो।घर्तीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा दिउँसो ३ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ ।छोराबुहारी वैदेशिक रोजगारको शिलशिलामा बाहिर रहेकाले घर्ती घरमा एक्लै बस्दै आएका थिए ।उनलाई कुन सर्पले डसेको हो यकिन भने हुन सकेको छैन।