४ माघ २०७९ बुधबार
सर्लाही— हतियार सहति सर्लाहीमा एक युवक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका–५, नरेशखोरका २२ वर्षीय सञ्जितकुमार महतो बुधबार सर्लाहीको बयलवास बजारबाट हतियारसहित पक्राउ परेका हुन्।
महतोको साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनलाई इलाका प्रहरी कार्यालय ईश्वरपुर केशरगन्जको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार महतोले मोटरसाइकल चोरी गर्दै आएका थिए।
जिल्लाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएका पीडितसँग पैसा असुल्ने गरेको उजुरीको आधारमा प्रहरीले विशेष सुराकीको आधारमा महतोलाई बुधबार मध्याह्न ईश्वरपपुर नगरपालिका–६, बयलवास बजारबाट पक्राउ गरेको हो।
महतोले मोटरसाइकल चोरी गरी पीडितलाई भारतसम्म बोलाएर पैसा असुल्ने काम गर्दै आईरहेको जिल्ला प्रहरी कार्यालयका सर्लाहीका डीएसपी विजय श्रेष्ठले बताए।