३ पुस २०८१,बुधबार
काठमाडौँ।सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको मुद्दामा कारण देखाऊ र बन्दीसहित इजलासमा उपस्थित हुन प्रहरीलाई आदेश गरेको छ।
बुधवार सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले प्रसाईंको बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गर्दै सो आदेश दिएको हो।
पछिल्लो पटक जिल्ला अदालतले साइबर अपराधमा धरौटीमा रिहा गरेलगत्तै पैसा असुलीसम्बन्धी मुद्दामा प्रहरीले पक्राउ गरेको थियो। उक्त मुद्दामा म्याद थपेपछि प्रसाईंका छोरा निराजन प्रसाईंले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए।