४ पुष २०८०, बुधबार
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरेका छन्।
राष्ट्रपति पौडेलले आज (बुधवार) नेपालको संविधानको धारा १२९ को उपधारा (२) बमोजिम राष्ट्रपतिले न्याय परिषद्को सिफारिशमा ६ जना न्यायाधीशलाई नियुक्त गरेका हुन्।
सर्वोच्चमा नियुक्त भएका न्यायाधीशहरूमा सारङ्गा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सुनिल पोखरेल र बालकृष्ण ढकाल छन्।
नवनियुक्त न्यायाधीशहरूमध्ये सुवेदी, मुसलमान, शर्मा र ढुङ्गाना उच्च अदालतमा कार्यरत थिए भने पोखरेल र ढकाल वरिष्ठ अधिवक्ता थिए। यसअघि आजै संसदीय सुनुवाइ समितिले उनीहरुको नाम सर्वसम्मत अनुमोदन गरेको थियो।