२० असार २०८०, बुधबार
सल्यान :- सल्यानमा ट्याक्टर दुर्घटना तीन जना गम्भीर दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका छन् ।।
बुधबार बिहान जिल्लाको बागचौर–२ थारमारे बजारबाट वडा नं. १ ठिनवाङ जिउला जाँदै गरेको रा १ त ३२६३ नम्बरको ट्याक्टर ठिनवाङ जिउलामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
दुर्घटनामा परी बागचौर नगरपालिका १ गैरावेदका ट्याक्टर चालक २४ वर्षीय युवराज रोकाय, ४५ वर्षीय कालिबहादुर बस्नेत र बागचौर नगरपालिका १० पिपलनेटाका ५० वर्षीय लालबहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी गोपाल श्रेष्ठले जानकारी दिए।
गम्भीर घाइते कालिबहादुर र लालबहादुरको थप उपचारका लागि सल्यान जिल्ला अस्पताल पठाइएको छ भने चालक रोकायको बागचौरस्थित जनप्रिय पोलिक्लिनिकमा उपचार भइरहेको श्रेष्ठले बताए। ट्याक्टर सडकबाट १०० मिटर तल खसेको छ । दुर्घटनाको कारण खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।