९ आश्विन २०८०, मंगलवार
सल्यान:-सल्यानमा घाँस काट्ने क्रममा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बनगाड कुपिण्डे नगरपालिका १ का ४५ वर्षीय दिपक कामी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । प्रहरीका अनुसार आज मंगलबार बिहान घाँस काट्ने क्रममा उहाको भीरबाट खसेर मृत्युु भएको हो ।
बिहान साढे ६ बजे घर नजिकै घाँस काट्न गएका कामीको भिरबाट चिप्लिएर खस्दा घटनास्थलमै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी चौकी बालुवासंग्रही र इलाका प्रहरी कार्यालय देवस्थलबाट प्रहरी टोली पुगेको छ ।