
बाँके । सशस्त्र प्रहरीले बाँकेबाट भन्सार छली गरेर ल्याइएको ११ लाख रुपैयाँको अवैध सामान बरामद गरेको छ ।
बाँकेस्थित सशस्त्र प्रहरीको प्रस्तावित सीमा सुरक्षा जयसपुरले जानकी गाउँपालिका-१ पचपोखराबाट शुक्रबार भारतबाट अवैध रुपमा ल्याएइको विभिन्न मोबाइलका डिस्प्ले, औषधि बरामद गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।
सशस्त्र प्रहरीले शुक्रबार उक्त अवैध सामानसहित तस्करीमा प्रयोग गरिएका एउटा मोटरसाइकल र ३ वटा साइकल समेत बरामद गरेर आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाएको जनाएको छ ।
