२३ पुस २०८० सोमबार
दाङ । दाङको एक सहकारी संस्थाबाट ६ लाख भन्दा बढी रकम चोरी भएको छ ।
जिल्लाको लमही नगरपालिका वडा नं.९ रिहारमा रहेको कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडबाट आइतबार राती नगद ६ लाख २७ हजार ७ सय ४५ रुपैँया चोरी भएको हो।
चोरले लकर भित्र राखेको रकम चोरी गरेको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार चोरले गोदाम घर फुटाउनुका साथै संस्थाका सबै कोठामा रहेका दराज समेत फुटाएको छ । सहकारीका कागजात भने सुरक्षित रहेका छन ।
अहिले प्रहरी घटनास्थलमा पुगेर अनुसन्धानको कार्यलाई अघि बढाएको इलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।सहकारीमा कसले चोरी गरेको भन्ने विषयमा केही खुल्न नआएको र यस विषयमा थप अनुसन्धान अघि बढाईने प्रहरीले जनाएको छ ।