काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने सहमतिपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रचण्डले बालकोटको बार्दलीबाट संयुक्त अभिवादन गरेका छन्।
सत्ता समीकरणको लामो रस्साकस्सीबीच नयाँ सरकारको नेतृत्व गर्ने अवसर पाएपछि खुसी भएका माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीले बार्दलीबाट अभिवादन गरेका हुन्।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी नागरिकको बैठकले प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति गरेको हो।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले नेता शंकर पोखरेलले नेपाली कांग्रेसले जनमत अनुसार सरकार बनाउन पहल नगरेपछि एमालेले नेतृत्व लिएको र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति गरेको बताए।