२० माघ २०७९, शुक्रबार
कैलाली—बाँकेबाट पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई शुक्रबार कैलाली जिल्ला अदालतमा पेश गरिने भएको छ ।
वि.सं. २०६६ सालमा ट्याक्टर जलाएको घटनामा दोषी ठहर गरिएका चौधरीलाई अदालतको आदेश कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गर्न लागिएको हो ।
बिहीबार पक्राउ परेका सांसद चौधरीलाई बिहीबार नै काठमाडौं ल्याएर धनगढी लगिएको थियो ।
कैलाली जिल्ला अदालतले २०७० वैशाख ९ गते चौधरीसहित तीन जनालाई अदालतले ६ महिना कैद र ८ लाख १८ हजार रूपैयाँ क्षतिपूर्तिको फैसला गरेको थियो।
यसैबीच, सांसद चौधरीसहित धनगढी पुगेकी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले सांसद चौधरीको गिरफ्तारीलाई नियोजित को संज्ञा दिएकी छन्।
नौ वर्षदेखि फरार भनिएका चौधरी मेयर र प्रदेशसभाको निर्वाचन लड्दासम्म फरार नहुने तर प्रतिनिधि सभामा निर्वाचित भएलगत्तै पक्राउ गर्नु नियोजित भएको उनको तर्क छ ।
यो घटनापछि सरकारलाई दिएको समर्थनबारे आफूहरु सोच्न बाध्य भएको पनि उनले बताइन ।
कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित अरुण चौधरी जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक नेता रेशम चौधरीका सहोदर भाइ हुन ।