१४ भदौ २०८० बिहीबार
दाङ:— प्रतिनिधिसभा सदस्य एंव पूर्व मन्त्री मेटमणी चौधरी बैंकको कालो सूचिमा परेका छन् ।
एक ब्यक्तीलाई दिएको एभ्रेष्ट बैंकको पाँच लाख रुपैँयाको चेक नसाटिएपछि कालोसूचिमा परेका हुन् । गएको साउन १५ मा कालो सूचिमा परेका चौधरीको अझै फुकुवा नभएको स्रोतले बताएको छ ।
रिक्वेष्ट आईडी २८२४ ले उजुरी हालेपछि चौधरीलाई कर्जा सूचना केन्द्रले कालो सूचिमा राखेको हो । कालो सूचिमा परेसंगै जुनसुकै बैंकमा रहेका उनका सबै खाता रोक्का गरिएको छ । खाता रोक्का संगै ति बैंक खाताबाट पैसा झिक्न मिल्दैन । पैसा जम्मा गर्न भने मिल्छ ।सांसद चौधरी नेकपा एकिकृत समाजवादीका सचेतक समेत हुन ।