साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गरौःमन्त्री शर्मा
अरुणकुमार नेपाली
फागुन ३,२०७९ बुधबार
दाङ—सञ्चार तथा सूचना प्रबिधि मन्त्री रेखा शर्माले स्थानिय उत्पादनको बजारीकरण गर्न साना तथा घरेलु उद्योगलाई प्रोत्साहन गर्नु पर्ने बताएकी छन् ।बुधबार ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनीको घोराहीमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।स्थानीय उत्पादनलाई प्रोत्साहन गर्न कृषिजन्य उद्योगको स्थापना हुनु पर्ने मन्त्री शर्माले बताइन् ।
‘साना उद्योगलाई राज्यले नै प्रोत्साहन गरी अघि बढाउनु पर्छ, मन्त्री शर्माले भनिन्,यसका लागी तीनै तहका सरकारले आवश्यक लगानीको वातावरण निमार्ण गर्नु पर्छ ।’
नेपाल कृषि प्रधान देश भएकाले पनि यहाँ कृषि उद्योगको स्थापना अनिवार्य आवश्यकता भएको मन्त्री शर्माले बताईन् ।कृषिमा आधारित उत्पादनलार्ई प्रोत्साहन गरी बजारीकरण गर्न सके मुलुकको समृद्धि धेरै टाढा नरहेको समेत मन्त्री शर्माले बताईन् ।
यसैबिच मन्त्री शर्माले मुलुकको विकास र समृद्धिका लागी सबैको सहकार्य हुनु पर्ने बताइन् । मूलतःराजनिति र निर्वाचनमा दलहरु बिच आपसमा प्रतिस्पर्धा हुन्छ,उनले भनिन्, जब विकासको कुरा हुन्छ,सबै एक ठाउँमा आउनु पर्ने हुन्छ ।’
आफू निर्वाचित भएर सांसदको प्रमाणपत्र बुझेदेखि नै मुलुकको विकासका निमित्त विभिन्न निकायसंग निरन्तर छलफल र संवादमा रहेको भन्दै मन्त्री शर्माले सहयोगको लागी सबैसंग आग्रह समेत गरिन् ।