१४ श्रावण २०८०, आईतवार
रुकुम पश्चिमः—रुकुम पश्चिममा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
गएराति साढे नौ बजेतिर बाँफीकोट गाउँपालिकाको गारागाट सडकखण्ड हुँदै छिनखेतबाट पुरानो ठाँटी जानेक्रममा सानीभेरीमा रा ३ प २८६८ नम्बरको मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुुुमपश्चिमले जनाएको छ ।
मृत्यु हुनेमा २४ वर्षीय नन्दलाल विक रहेका छन् । मोटरसाइकलको पछाडी सवार रहेका २३ वर्षीय कपिल विकलाई दुर्घटनापश्चात उद्धार गरी जिल्ला अस्पताल सल्लेमा उपचारका लागि पठाईएको प्रहरीले जनाएको छ ।