२६पौष २०७९ मंगलबार
दाङ—तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काले सामुदायिक विद्यालय सुधारको जिम्मा सबैले लिनु पर्ने बताएका छन् ।
मंगलबार तुलसीपुर ११ मा रहेको अमर माध्यमिक विद्यालयको नवनिर्मित ४ कोठे पक्की भवनको उद्घाटन गर्दै नगर प्रमुख खड्काले सरकारको एकल प्रयासले मात्रै सामुदायिक विद्यालयको सुधार हुन नसक्ने वताए । सामुदायिक विद्यालय सुधारको जिम्मा सबैले लिनु पर्छ,उनले भने त्यसका लागी शिक्षक,अभिभावक र सिंगो समाज नै अग्रसर हुन आवश्यक छ ।’
तुलसीपुरलाई उत्कृष्ट नगर शिक्षाको रुपमा विकास गर्न आफूहरु लागिपरेको बताउदै उनले यस कार्यमा सहयोग गर्न सबैलाई आग्रह समेत गरे ।सामाजिक रुपान्तरण र विकासमा शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउदै नगर प्रमुख खड्काले समयानुकूल शिक्षा आजको अपरिहार्य आवश्यकता भएको उनको भनाई थियो । राष्टपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ३६ लाख बजेटबाट भवन हालै सम्पन्न भएको थियो ।