अरुण कुमार नेपाली
पौष १५,२०७९ शुक्रबार
दाङ तुलसीपुर —खेतीयोग्य जमिनमा सिंचाई पु¥याउने उद्धेश्यले तुलसीपुरको फुलबारीमा हाइड्याम निर्माणको कार्य अघि बढाईएको छ । बृहत्त सिंचाई आयोजना अन्तर्गत तुलसीपुर उपमहानगरपालिका वडा न.१३ रामपुरस्थित ऐसेलु खोलामा करिब ८० लाख लागतमा हाइड्याम निर्माणको कार्य अघि बढाईएको हो । हाइड्यामको शुक्रबार एक कार्यक्रमका बीच तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ का वडाध्यक्ष मोहन पौडेलले शिलान्यास गर्नु भयो । शिलान्यास कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले स्थानीय तह निर्वाचनमा आफूले जनता सामु गरेका बाचा अनुरुप वडाको पहलमा सिंचाई आयोजनाको कामलाई अघि बढाएको बताउनु भयो । सिंचाईको अभावमा यहाँ नागरीकले लामो समयदेखि कृषि उत्पादनमा समस्या भोग्नु परेको बताउदै अध्यक्ष पौडेलले निकट भविष्यमै फुलबारीको सबै क्षेत्रमा सिंचाई सुबिधा पु¥याउने गरी वडाले पहल कदमी लिने बताउनु भयो । फुलबारीमा सिंचाई आयोजनाको कामको सुरुवात भएको छ, उहाँले भन्नुभयो,यो यहाँका नागरीकाका लागी खुशीको कुरा हो,अब सिंचाई आयोजनालाई तुलसीपुर वडा न.१३ का सबै क्षेत्रमा विस्तार गर्ने गरी काम हुन्छ ।’फुलबारी धान,मकै र गहुँ उत्पादका लागी उर्वरभूमि मानिन्छ ।सिंचाईको अभावमा यहाँका नागरीकले खेती गर्नको लागी आकाशे पानीमा भर पर्नुपर्ने बाध्यता छ ।जसका कारण वर्षायाममा समयमै पानी नपरे यस क्षेत्रको जमिन बाझै हुने गर्छ । यो वर्ष धान रोप्ने समयमा पानी नपर्दा यहाँको सयौ बिघा जमिन(खेत) धान बाझै रहेको थियो। सिंचाई ड्याम निर्माण हुने भएपछि यस भेगका नागरीक खुशी भएका छन। फुलबारीमा हालसम्म कुनै पनि सिंचाई आयोजना नहुँदा किसानहरु निराश हुदै आएका थिए ।सिंचाईका लागी हाईड्याम निर्माण हुनेभएपछि खुशी लागेको छ,स्थानी दिलबहादुर खड्काले भन्नु भयो,अब समयमै खेती गर्न सकिने र बालीनालीमा सिंचाई हुने आशा पलाएको छ ।’हाइड्याम निर्माणपछि ऐसेलु खोलाको पानी सिधै किसानको खेतबारीमा पुग्ने छ । उक्त आयोजना सम्पन्न भए पश्चात तुलसीपुर उपमहानगरपालिका वडा न.१३ अन्तर्गत गाईखुटी,रामपुर र रनियापुर लगायतका गाउँमा सिंचाई सुबिधा पुग्नेछ ।