दाङ, ३०कात्तिक २०७९
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनलाई लक्षित गदै दाङ जिल्लासंग जोडिएका नेपाल—भारत नाका तीन दिन बन्द गरिने भएको छ । भारतसंग सीमाना जोडिएका सबै नाका मंसिर १ गते राती १२ बजेदेखि मंसिर ४ गते राती १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनलाई स्वतन्त्र,निष्पक्ष एंव भयरहित वातावरणमा सम्पन्न गर्न भारतसंग सीमा जोडिएका सबै नाका बन्द गरिएको प्रशासनले जनाएको छ ।यस अघि प्रशासनले मतदान सम्पन्न नभएसम्म निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नका लागी मादक पदार्थ विक्री वितरण तथा सेवन कार्यमा निषेध गरिसकेको छ ।