दाङ लमही नगरपालिकामा स्थित न्यु केयर भिजन सुधार केन्द्रको नियमित चरम लापरवाहीका कारण लमहीका एक २४ वर्षीय मोहन चौधरीको मंगलवार ज्यान गएको छ
चौधरीलाई केन्द्रमा गत बैशाखमा भर्ना गरिएको थियो उनि मानसिक तनावग्रस्त भैसकेपछी परिवारले उनलाई सुधारकेन्द्र्मा भर्ना गरेको मृतक चौधरीका दाई सनम चौधरीको भनाई छ
मृतक चौधरीको स्वास्थ्य अवस्था अत्ति नाजुक भैसकेपछि परिवारलाई जानकारी गरे पश्चात उनलाई नेपालगंजको भेरी अस्पतालमा भर्ना गरिएको थियो स्वास्थ्य परिक्षण गर्दा उनलाई कडा किसिमको निमोनिया,फोक्सोमा संक्रमण,हातखुट्टा सुन्निएको,स्वासप्रश्वासमा समस्या साथै मृगौलामा समेत इन्फेक्सन देखिएको चिकित्सकको भनाई छ
मृतक चौधरीका दाई सनम चौधरीका अनुसार भाईको अवस्था निकै नाजुक भैसकेपछि मात्र हामीलाई केन्द्रले जानकारी दिएको त्यस अघि सुधार केन्द्रले सात महिनाको अवधिमा कुनै किसिमको स्वास्थ्य परिक्षण तथा उपचार नगरेको चरम लापरवाहीको बिरोध गर्दै आक्रोस पोखेका छन्
उनले भन्छन ;यो एक्कासी समस्या कसरी आयो? सुधार केन्द्र मान्छे मार्ने केन्द्र किन बनिरहेको छ ? भाई को स्वास्थ्य जटील बन्दा हामीलाई समयमै किन जानकारी गराइएन भनी कडा रुपमा आक्रोश समेत व्यक्त गरेका छन्
नयाँ सरोकारका संवाददाताले सुधार केन्द्रका कोषाध्यक्ष राकेश सुनार संग पटक पटक फोनमा समपर्क गर्दा मृतक चौधरीको सुधार केन्द्रमा बसेको अवधिभरको स्वास्थ्य परिक्षण तथा अन्य बिवरण उपलब्ध गराउन आनाकानी गर्दै फोन स्विच अफ गरी सम्पर्क बिहिन भएका छन्
मृतक परिवारका अनुसार सुधार केन्द्रले त्यहाँ बसेका मान्छेको जीवन संग खेलवाड भैरहेको आरोप लगाएका छन् साथै सुधार केन्द्रले सरकारको मापदण्ड अनुसार काम नगरिरहेको समेत परिवार पक्षको गुनासो छ