६ श्रावण २०८० शनिवार
सुर्खेत:—युवतीलाई लक्षित गरी एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरको छ।
शुक्रबार साँझ सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—१४ मैकल बजार नजिक युवतीलाई लक्षित गरी एसिड प्रहार गर्न खोज्ने वीरेन्द्रनगर—१४ कै वर्ष १६ का आशिष सुनारलाई प्रहरीले पक्राउ गरेको हो।
बेलुका पाँच बजेतिर मैकल बजार नजिक बराहताल गाउँपालिका—१० वर्ष १७ की सोविता बुढालाई सुनारले एसिड प्रहार गर्न खोजेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
सुनारले सोवितलाई हान्न खोजेको एसिड सोही ठाउँका नेत्रबहादुर शाहीलाई लागेको थियो ।शाहीको बायाँ हातमा एसिड लागेको थियो । एसिड लागेर घाइते भएका शाहीको सुर्खेतमा उपचार भैरहेको छ ।