२०८१ साउन ११ गते शुक्रबार
दाङ ।यो वर्षका तीज लक्षित गीतहरु सार्वजनिक हुन थालेका छन ।यसै क्रममा शुक्रबार सुष्मा ग्रेसको नक्कली भैछुर बोलको तीज गीत सार्वजनिक गरिएको छ ।गीतमा स्वयंम सुष्मा ग्रेसले नै स्वर दिएकी छन् ।
गीतलाई गुड भ्वाइस स्टुडियो अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।गीतको शब्द सञ्चारकर्मी प्रिया स्मृति गजमेरले लेखेका हुन् ।यस गीतमा गायक तथा संगीतकार ज्ञानेन्द्र स्वर्णकारले संगीत संयोजन गरेका छन । एरेन्ज सन्तोष सुनामले गरेका हुन । गीतमा नितान्त मौलिक शब्दहरु प्रयोग गरिएको लेखक गजमेरले बताए ।
‘यो गीतमा हामीले मौलिक शब्द प्रयोग गरेका छौ,‘लेखक प्रिया स्मृति गजमेरले भने ।समाजलाई पच्चे खालका शब्द नै प्रयोग गरेका छौ।गीतमा पूर्णतया मौलिकता झल्किन्छ । आशा छ सबैले मन पराईदिनुहुनेछ ।’
लामो समयदेखि सञ्चार क्षेत्रमा कर्म गर्दै आइरहेका गजमेरले यस अघि पनि लोकदोहोरी र आधुनिक गीतमा शब्द सिर्जना गरिसकेका छन । नक्कली भईछुर बोलको तीज गीतमा गजमेरले नारीहरुको श्रृङ्गारमा प्रयोग गरिने श्रृङ्गारीक वस्तुलाई शब्दमा उनेका छन । विक्रम चौहान निर्देशित यस गीतको भिडियोमा चर्चित नृत्यांगना अन्जली अधिकारी र करिष्मा ढकालको अभिनय र नृत्य रहेको छ ।
नक्कली भैछुर बोलको यो तीज गीत स्रोताले सुन्ने वित्तिकै मन पराउने शैलीको भएको संगीतकार ज्ञानेनद्र स्वर्णकारले वताए । ‘गीत अत्यन्तै सरल र मौलिकतामा तयार पारिएको छ,‘स्वर्णकारले भने । सुन्ने वित्तिकै आम दर्शक स्रोताले मन पराउनुहुनेछ ।’ गीतमा सुरुवातको शब्द यस्तो रहेको छ ।
शीरफुल लाए चलेको चल्ती,
भन ए संगी के गरे गल्ती ।
म मात्रै रैछुर,नक्कली भैछुर ।।