३१ बैशाख २०८०, आईतवार
सुनसरी । सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई जिल्ला प्रशासन कार्यालय सुनसरीले धमाधम पक्राउ गर्न थालेको छ ।
ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो । सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कार्वाहीको शुरु लगेको छ । प्रशासनले पक्राउ परेकाहरुबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ ।
प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताए । उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताए । सो रकम समेत सम्बन्धित व्यक्तिलाई फिर्ता गराइएको उनको भनाइ छ ।