१८ श्रावण २०८०, बिहीबार
बर्दिया:— बर्दियाको राजापुर नगरपालिका वडा नं ७ का स्थानीयले वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी गरेका छन् ।
पानी निकासका लागि स्थानीय सरकारलाई पटक पटकअनुरोध गर्दा बेवास्ता गरेका कारण आफूहरुको धानवाली डुबानमा परेको भन्दै स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।अहिले उक्त क्षेत्रमा रोपाई गरेको २ सय बिगाह बढी धानवाली डुबानमा परेको छ ।
बर्षायाममा यस क्षेत्रमा हुने डुवानका बारेमा जानकारी गराउदै समस्या समाधानका लागि न्यायीक समितीमा उजुरी दिँदा समेत कुनै सुनुवाई नभएको स्थानीयले गुनासो गरे। वडा अध्यक्षले पनि समस्या समाधान गर्छू भन्दै आलटाल गर्ने र कुनै पहल नगरेकाले आफुहरु बाध्य भएर वडा कार्यलयमा तालाबन्दी गरेको एक स्थानीय बताए ।माग तत्काल पुरा नगरे आफुहरुले चरणबद्द आन्दोलन गर्ने स्थानिय सुरेन्द्र चौधरीले चेतावनी दिए ।
स्थानियहरुले वडा कार्यलय घेराउ गरेपछि वडा अध्यक्ष भने आफु वडा कार्यलय आउन नसक्ने भन्दै पन्छीएको उनीहरुको आरोप छ ।यता वडा अध्यक्ष रामु थारुले न्यायिक समितिले समस्या समाधान गर्ने भनेर खवर आएको र उक्त समिति मार्फत् त्यहाँको समस्या समाधान गरिने बताए।