चैत ६,२०८१ बुधबार
दाङ।राप्ती साहित्य परिषद् दाङ शाखाले विगतका वर्षझैँ यस वर्ष पनि वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान एवम पुरस्कृत तथा काव्य उत्सव गर्ने भएको छ।
पुरस्कार छनौट समितिका अनुसार लामो समयदेखि साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएका साहित्यकारहरुलाई यस वर्ष सम्मान तथा पुरस्कृत गरिनेछ ।जस अन्तर्गत मनोज वुढाथोकिद्धारा स्थापित यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा.कृष्णराज डिसी,लालबहादुर आर.सी लगायत रावत परिवारद्धारा स्थापित वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्णप्रसाद अधिकारी कृष्ण(गायत्री प्रतिष्ठान)द्धारा स्थापित कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक,अनुसन्धान कर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत एवम् सम्मानित गरिने भएको छ।
प्रतिभा छनोट समितिमा राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष एवम् सल्लाहकार दीपक शर्मा समीर संयोजक तथा सदस्यमा निवर्तमान उपाध्यक्ष शारदा शर्मा,वर्तमान उपाध्यक्ष सुरेशकुमार पाण्डेय र सदस्य सचिवमा परिषद् दाङ शाखाका अध्यक्ष यम रेग्मी रहेका थिए।
यसैगरी शाखाले तीन जना अग्रज स्रष्टाहरुलाई समेत सम्मान गर्ने निर्णय गरेको छ ।परिषदको भर्खरै सम्पन्न भएको बैठकले साहित्यकार एंव समाजसेवी विनोद पोख्रेल,साहित्यकार पद्मप्रसाद शर्मा र निवर्तमान अध्यक्ष तथा सल्लाहकार कवि दीपक शर्मा समीरलाई अग्रज स्रष्टा सम्मान गर्ने निर्णय गरेको राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले जानकारी दिए।
यसैबिच परिषदको सत्रौँ वार्षिक साधारण सभा तथा स्रष्टा सम्मान,पुरस्कृत तथा बहुभाषिक काव्य उत्सव सारिएको छ।चैत २३ गते तय गरिएको उक्त कार्यक्रम विशेष कारणबस चैत १६ गते हुने परिषदका अध्यक्ष यम रेग्मीले जानकारी दिए।कार्यक्रम घोराहीको होटेल मालाइनमा हुने छ।उक्त दिन थुप्रै स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यक्रम निर्धारण गरिएको अध्यक्ष रेग्मीले बताए।