२९ जेठ २०८० सोमबार
प्यूठान-प्यूठानमा जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ ।
स्वर्गद्धारी मन्दिरको दर्शन गरेर फर्किदै गरेको तीर्थयात्री बोकेको जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । प्रहरीका अनुसार लु १ च ६३४५ नम्बरको जीप भिंग्री नजिकै टाकुरा भन्ने ठाउँमा दुर्घटना भएको हो ।
जीपमा सवार आठ जनाकै घटनास्थलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।