३० जेष्ठ २०८०, मंगलवार
काठमकाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर जाने भएका छन ।
नियमित स्वास्थ्य परीक्षणका लागि देउवा सिंगापुर जान लागेका हुन । देउवा मंगलबार राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् सिंगापुर जाने छन ।
देउवा पेटसम्बन्धी समस्याको सिंगापुरमा उपचार गर्दै आइरहेको र त्यसैको फलोअपका लागि त्यहाँ जान लागेको उनको निजी सचिवालयले जनाएको छ ।
करिब एक सातापछि स्वदेश फर्कने गरि देउवा र पत्नी आरजु राणा देउवा सिंगापुर जान लागेका हुन् ।