५माघ २०७९ बिहिबार
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न सम्बन्धित निकायहरु एकतावद्ध भएर काम गर्नुको विकल्प नरहेको बताएका छन् ।
बिहीबार वीर अस्पतालमा क्याथ ल्याबको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। मन्त्री गिरीले देशमा अहिले पनि स्वास्थ्य सेवा सीमान्तकृत र गरिब जनतासम्म पुग्न नसकेको भन्दै वास्थ्य सेवाको पहुँच विस्तार गर्न आवश्यक रहेको बताए।उनले उपचार नपाएर मर्नुपर्ने बाध्यतालाई हटाउन सक्नुपर्ने बताए ।
उनले स्वास्थ्य सेवाको पहुँच विस्तार गरी गुणस्तरीय सेवा प्रवाहका लागि मन्त्रालयले आवश्यक नीतिगत सुधार गरेर अघि बढ्ने प्रतिवद्धता जनाए। उहाँले सरकारी अस्पतालमा ल्याबमा हुने उपकरणहरु चाँडै बिग्रिने र बाहिर उपचार गर्न जानुपर्ने बाध्यता रहेको भन्दै यस्ता कुराहरु हटाएर गुणस्तरीय सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिए ।