दाङ,२ मंसिर २०७९,शुक्रबार
दाङमा एक व्यक्तिले श्रीमतिको हत्या गरेका छन् । बबई गाउँपालिका वडा नं.१ क्युरेनीका ४० वर्षिय लाल बहादुर बोटेले हथौडा प्रहार गरी श्रीमति ३४ वर्षिय खुमी बोटेको हत्या गरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय खिलतपुरका अनुसार बोटेले आइतबार राती करिब ३ बजे श्रीमतिको हत्या गरेका हुन् ।बोटेले श्रीमतिको हत्या गरेको थाहा पाएपछि उनलाई गाउलेले नियन्त्रमा लिएका थिए ।प्रहरीले बोटेलाई आफ्नो नियन्त्रणमा लिइसकेको छ ।मदिरा खाएर श्रीमतिलाई हत्या गरेको हुन सक्ने प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।