
प्रदिप गुप्ता
अचेल नेपालगञ्जका सडकछेउहरुमा रहेका बोटबिरूवाहरू हरियाली तथा फूल फुलिरहेका छन, यसले उजाड शहरमा अलिकति भए पनि हरियालीको सुन्दता थपेको छ । नेपालगञ्ज उपमहानगरपालिकाको हरित शहरको योजनाले, शहरका अधिकांश ठाउँमा हरियाली तथा फूलको सुन्दरताले सबैको मन लोभ्याएको छ ।

केही वर्षअघिसम्म नेपालगञ्जका भित्रि सडक छेउछाउमा बोटबिरुवाहरु भएपनि शहर विस्तार हुँदै गर्दा यी सबै नासिए । अहिले छिटफुट मात्रै बाँकी छन । बजारकेन्द्रित पूर्वाधारहरूले हरियालीलाई विस्थापित गरे । यसले सहरी सौन्दर्य मात्र होइन, मानव स्वास्थ्यमा पनि असर र्पुयाइरहेको छ । वायु प्रदूषण तथा जलवायु प्रदूषणको असर न्यूनीकरणका लागि पनि हरियालीको खाँचो पर्छ । हरियाली संसारभरि नै अपरिहार्य सहरी पूर्वाधारकै रूपमा विकास भइरहेको छ । नेपालमा भने यसको महत्त्व स्थापित हुन सकेकै छैन ।
जलवायु परिवर्तनको मुख्य कारक हरितगृह ग्यासअन्तर्गत कार्बन डाइअक्साइडको मात्रा नेपालगञ्जमा सवारीसाधन बढेसँगै वृद्धि भइरहेको छ । यसको मात्रा घटाउन विद्युतीय ऊर्जाको प्रवद्र्धनका साथसाथै कार्बन डाइअक्साइडको सञ्चिति तथा भण्डारण क्षमताका लागि नेपालगञ्ज उपमहानगरले सहरी वन अवधारण अवलम्बन गर्नु जरुरी देखिन्छ । केही वर्षअघि नेपालगञ्ज उपमहागरपालिले मुख्य तथा बजार क्षेत्रका सडकाहरु बिस्तारका क्रममा रूख काटे पनि नयाँ रुख प्राप्त मात्रमा रोपोको पाईदैन् । नगरलाई नयाँ रोपे पनि तिनलाई हुर्काउन वर्षौं लाग्छ । हरियाली आजको भोलि बनाउन सकिने पूर्वाधार होइन । सहर फैलँदै गर्दा, प्रकृति हराउनुको मुख्य कारण प्रकृतिमैत्री विकास सहरीकरण नीतिको प्राथमिकतामा नपुर्न हो । र, प्रकृतिबिनाको सहरी दैनिकी झनै तानवग्रस्त भइरहेको छ ।
मानव स्वास्थ्य र जीवनसँग पनि प्रत्यक्ष जोडिएको सहरी वनले नेपालगञ्जमा खासै प्राथमिकता पाउन सकेको छैन । केही वर्षअघि जमुनाह देखि राझाँ चोक सम्म रोपिएका बोटबिरुवाहरु जति छिटो हुर्कनुपर्ने हो त्यसरी हुर्केका देखिदैनन् । तर उपमहानगरपालिकाले केहि रुपमा संरक्षण गरे पनि त्यो प्राप्त देखिएको छैन् । नेपालगञ्ज भित्रिने पर्यटकका लागि पनि सडकामा रोपिएका बोटबिरुवा तथा बगैंचा पर्यटक आर्कषको रुपमा रहने गर्दछ । भारत संग जोडिएको सिमानाका नजिक छ, दैनिका हजारको संख्यामा भारतीय पर्यटकहरु नेपालगञ्जमा आउने गर्दछन् ।उपमहानगरपालिकाको शौन्दर्य भनेकै नेपाल भित्रिने जो कोहिको नजर सडमा भएको बोटबिरुवाहरुमा पर्ने गर्दछ।

पछिल्लो समय उपमहानगरपालिकाले संरक्षण गरेको जमुनाह देखि राझाँ चोक सम्मका सडको बिच भागमा रहेका बोटबिरुवाहरुले नेपालगञ्जको ४४ डिग्रि तापक्रममा काम गर्ने मजदुरहरुलाई केहि सितलता प्रदान गर्ने गरेको छ । साथै यो बाटो प्रवेश गर्दा जोकोहीलाई राहत महसुस हुन्छ । नेपालगञ्जका डा.विनोद कर्णले क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्ज (स्वच्छ नेपालगञ्ज हरियो नेपालगञ्ज) को अवधारणले सडक छेउमा गरेको वृक्षारोपण तथा पार्क निमार्णले पनि इच्छाशक्ति भयो भने काम रफ्तारमा हुँदो रहेछ भन्ने उदाहरण दिएको छ । यसबाटै सिकेर शहरमा बाँकी रहेका खुला स्थानलाई वन वा बगैंचामा परिणत गर्न सकिन्छ । प्रत्येक वर्ष उपमहानगरपालिका र विभिन्न संघ संस्थाहरुले नेपालगञ्जका विभिन्न स्थानरुमा वृक्षारोपण गरेपनि त्यसको संरक्षण नहुँदा फोटो खिच्नकै लागि मात्रै वृक्षारोपण गरेको देखिन्छ अत नगरले बोटबिरुवाहरुको संरक्षण तथा विभिन्न स्थानहरुलाई हरियाली क्षेत्रमा रूपान्तरण गर्न सक्नुपर्दछ ।
उपमहानगरपालिकाले योजना तर्जुमा तथा बजेट निर्माणामा हरियाली प्रवद्र्धनका लागि योजनाबद्ध तरिकाले रूख रोप्ने योजना बनाउनुपर्दछ । उसो त, रूख रोप्नुपर्छ भन्ने चेतना नगरबासीहरुलाई नभएको होइन । स्थानीय बासीहरुले पनि हरीयाली शहर बनाउन नगरको सहयोग साथका साथ अगाडि बढनु पर्दछ । क्लिन नेपालगञ्ज ग्रिन नेपालगञ्जको लागि एउटा व्यक्तिले दिन वृक्षरोपण गरिरहन्छ । यो कार्यक्रमलाई सकारात्मक नै माने पनि सहरको हरियाली र सौन्दर्य प्रवद्र्धन गर्न वर्षमा एक दिन बिरुवा रोपेर मात्र पुग्दैन । शहरमा हरियालीको मात्रा थप्दै जानुपर्छ । नेपालगञ्जमा कति रूख चाहिन्छ भन्ने अध्ययन पनि उपमहानगरपालिकाले गर्नुपर्दछ । उपमहानगरपालिकाले नेपालगञ्जमा गुड्ने सवारीसाधनले वर्षभरि कति कार्बन डाइअक्साइड उत्सर्जन गर्छन, त्यसको आधारमा यहाँका रूखले कति सोस्ने गर्छन् र बाँकी वायुमण्डलमा कति फैलिन्छ, जसलाई रोक्न कति रूख हुर्काउनुपर्छ ।’ यस्तो विषयमा अध्ययन गर्नु पर्दछ । उपमहानगर पालिकाले यस्तो अध्ययन गरी निष्कर्ष व्यवहारमा लागू गर्न सक्यो भने मात्रै यो अध्ययन बढी सार्थक हुन्छ ।
नेपालगञ्जलाई शहरलाई खुला क्षेत्र, सहरी जंगल, हरियालीपूर्ण सडकहरूको अत्यधिक आवश्यक छ । उपमहानगरपालिकाको वर्तमान नेतृत्वले हरित शहरको योजनालाई अघि बढाउन उल्लेखनिय भूमिका निर्वाह गर्नु पर्दछ । पालिकाले रूख रोपेर मात्र हुन्न, त्यसलाई स्याहार्न पनि विशेष प्रतिबद्धता र छुट्टै संरचना पनि चाहिन्छ । वायु प्रदूषण तथा जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि सहरी वन प्रवद्र्धन निति अवलम्बन गर्नुपर्दछ । सहरी सौन्दर्यका साथै स्वास्थ्यका लागि आवश्यक हरियाली पूर्वाधार निर्माणमा विशेष योजनाका साथ अघि बढ्नु पर्दछ ।
