८ माघ २०७९ आइतबार
धरान। धरान उपमहानगरले आइतबार अवैध संरचनामाथि डोजर चलाएकाे छ ।सार्वजनिक जमिन अतिक्रमण गरेर बनाइएको घरमाथि उपमहानगरले डोजर चलाएकाे हाे ।
उपमहानगरले घर भत्काउनु अघि २ पटक घर नबनाउनन सूचना दिएको र बनेको संरचना भत्काउन निर्देशन दिए पनि टेरेका थिएनन् ।त्यसक्रममा स्थानीयबासी र सुरक्षाकर्मीबीच झडपसमेत भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएकाे छ ।
धरान उपमहानगरको वडा नम्बर ५ मा रहेको अँधेरी खोला किनारको जग्गा अतिक्रमण गरेर स्थानीय मुना चौधरी लिम्बूले घर बनाएकी थिइन्।