११ जेठ २०८० बिहीबार
रौतहट —रौतहटमा हाकिमको नक्कली हस्ताक्षर गरेर पेस्की फर्स्योट गर्न खोज्ने एकजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ।गरुडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाको नक्कली हस्ताक्षर गरी पेस्की फर्स्योट गर्न खोज्ने कर्मचारी रामनारायण साहनीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।सोही नगरपालिकाका पोषण स्वयंमसेवक पदमा कार्यरत रहेका साहनीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले पक्राउ गरेको हो ।
पोषणसम्बन्धी एउटा गोश्वारा भौचरमा सहनीले नक्कली हस्ताक्षर गरी फर्स्योट गरेको फेला परेको गरुडा नगरपालिकाका प्रमुख कन्थमणी प्रसाद जयसवालले बताए।
पाँच लाख रुपैयाँको गौश्वारा भौचरमा सहनीले कार्यालय प्रमुख झाको नक्कली हस्ताक्षर गरी फछ्र्यौट गरेको फेला परेपछि कार्यालय प्रमुख झाले प्रहरीलाई खबर गरेका थिए। सहनीलाई प्रहरीले पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसअघि, पनि सहनीले किर्ते गरेको हुन सक्ने र किर्तेमा अन्य कर्मचारीको पनि संलग्नता हुन सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका सहनीलाई इलाका प्रहरी कार्यालय गरुडामा राखेर अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।