अरुण कुमार नेपाली
२०८१साउन ०९ बुधबार
दाङ । दाङको राजपुर गाउँपालिका वडा नं.७ हाडबासका अग्नी पीडितलाई आर्थिक सहयोग गरिएको छ । सोही वडाको सिद्ध बाबा सामुदायिक वन उपभोक्ता समिति कुरुवाले अग्नी पीडितलाई ४६ हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो ।
वनका अध्यक्ष कुलबहादुर वली नेतृत्वमा गएको टोलीले अग्नी पीडितहरुलाई आर्थिक सहयोग हस्तान्तरण गरेको थियो । गत बैशाख १६ गते आगलागी हुँदा २४ घर जलेर नष्ट भएका थिए ।
नजिकैको जङ्गलमा लागेको आगो वस्तीमा पस्दा गाउँ नै सखाप भएको थियो ।त्यस यता पीडितहरुले अस्थायी टहरा र त्रिपालमुनि गुजारा काट्दै आएका छन । आर्थिक सहयोग स्वरुप २३ अग्नी पीडितलाई २ हजारका दरले सहयोग गरिएको उक्त सामुदायिक वन उपभोक्ता समितिका सदस्य तिलक बहादुर रानाले जानकारी दिनु भयो ।