१८ मंसिर २०८१,मंगलबार
दाङ।तुलसीपुर—१३ भित्तावाङका वर्ष १२ का अनिल बि.क.मंगलबार खुशी मुद्रामा देखिन्थे ।जाडोमा लगाउने न्यानो कपडा पाएपछि उनि खुशीले दंग थिए ।घरको आर्थिक अवस्था कमजोर भएकै कारण एकसरो न्यानो कपडा किन्न नसकिरहेका अनिलले एक्कासी न्यानो कपडा प्राप्त गर्दा आफू निकै हर्षित भएको प्रतिक्रिया दिए।
विद्यालय जादा लगाउने एउटा न्यानो कपडा पनि थिएन,बुबा आमाले किनेर ल्याई दिन सक्ने अवस्था पनि थिएन,उनले,‘भने वडा कार्यालयले निःशुल्क स्वीटर दियो धेरै खुशी छु,अब नियमति स्कुल जानेछु ।’जनज्योति माध्यमिक विद्यालय तुही रनियापुरमा कक्षा ६ मा अध्ययरत बि.क.ले न्यानो कपडा पासंगै जाडोयाममा नियमित विद्यालय उपस्थितिमा सहजता हुने समेत बताए ।
तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ ले मंगलबार एक कार्यक्रमको आयोजना गरि गरिब तथा विपन्न परिवारका स्कुले बालबालिकालाई न्यानो कपडा स्वरुप स्वीटर वितरण गरेको हो ।गरिबी र आर्थिक अभावकै कारण त्यस वडाका कयौं बालबालिकाले पोसाक र जाडोमा लगाउने न्यानो कपडाको जोहो गर्न नसक्दा विद्यालय कम उपस्थित हुने गरेका छन ।
जाडोयाममा विद्यालय जाँदा लगाउने न्यानो कपडा थिएन,जसका कारण विद्यालय जानै मन लाग्दैन थियो,वडा कार्यालयले हाम्रो आवश्यतालाई बुझेर स्वीटर दिएकोमा खुशी लागेको छ,अम्वेश्वरी मा.वि. अम्बारपुर कक्षा ६ मा अध्ययनरत सुस्मिता परियारले भनिन् ।आधारभुत विद्यालय बराहखुटीमा कक्षा ६ मा अध्ययनरत दलबहादुर थापाले गरिब परिवारका विद्यार्थीलाई वडाले निःशुल्क न्यानो कपडा उपलब्ध गराई पठनपाठनमा सहजता ल्याईदिएको भन्दै धन्यावाद दिए।

वडा कार्यालयले आर्थिक वर्ष २०८१÷०८२ मा बिनियोजन गरेको बजेट रु ५० हजार,नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङ,सोही वडाका पूर्व वडाध्यक्ष स्वर्गीय डम्बर बहादुर न्यौपानेको स्मृतिमा श्रीमती राधा न्यौपाने र साविक फूलबारी गा.वि.स.वडा नं.१ का वडाध्यक्ष स्वर्गीय सालिकराम केसीको सम्झनामा छोरा भुप बहादुर के.सी.को आर्थिक सहयोग मार्फत आफ्नो सेवा क्षेत्रभित्रका ४ वटा विद्यालयका १ सय ९८ बालबालिकालाई न्यानो कपडा स्वरुप स्वीटर वितरण गरेको हो। जस अन्तर्गत जनज्योति माध्यमिक विद्यालय तुही रनियापुरका ५४,अम्वेश्वरी मा.वि.अम्बापुरका ६५,आधारभूत विद्यालय बराहखुटीका ५० र प्रा.वि. बखरियाका ३८ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको हो ।कार्यक्रममा सहभागि अभिभावक प्रेमकली बि.क.ले विपन्न परिवारका विद्यार्थीलाई वडा कार्यालयले निःशुल्क न्यानो कपडा दिएर सराहनिय काम गरेको बताउनु भयो ।अर्का अभिभावक कमला नेपालीले वडा कार्यालयले न्यानो कपडा उपलब्ध गराएर विपन्न परिवारको पक्षमा स्थानीय सरकार छ भन्ने अनुभुति भएको बताउनु भयो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष मोहन पौडेलले स्थानीय सरकार सधैं गरिब र विपन्न परिवारको साथमा रहेको बताउनु भयो । उहाँले तुलसीपुर —१३ नं.को वडा लामो समयदेखि गरिबी र अभावबाट गुज्रिरहेको बताउँदै त्यसलाई न्यूनिकरण गर्न वडाले सधैं पहल गरिरहने बताउनु भयो ।अध्यक्ष पौडेलले न्यानो कपडा र ड्रेसको अभावमा विद्यार्थी विद्यालयमा उपस्थित नहुने,बीचमै पढाई छोड्ने जस्ता कुरालाई ध्यानमा राख्दै वडा कार्यालयको आफ्नै पहलमा न्यानो कपडा वितरण गरिएको बताउनु भयो ।आगामी दिनमा वडा कार्यालयले विपन्न परिवारका बालबालिकाका लागि थप कार्यक्रम ल्याउने समेत बताउनु भयो ।नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङका उपाध्यक्ष विष्णु गिरीले आर्थिक अभाव र गरिबीको कारणले कुनै पनि बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपरोस भन्ने हेतुले संस्थाले न्यानो कपडा उपलब्ध गराएको बताउनु भयो ।उहाँले लामो समयदेखि नेपाल महिला सामुदायिक सेवा केन्द्रले विपन्नता न्यूनिकरणको पक्षमा काम गर्दै आइरहेको बताउदै आगामी दिनमा पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

न्यानो कपडा वितरण कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा दाङका उपसभापति हरिहर पौडेल,अम्वेश्वरी मा.वि.का प्रधानाध्यापक थानेश्वर आचार्य, जनज्योति मा.वि.का सहायक प्रधानाध्यापक मधु नेपाली, आधारभूत विद्यालय बराहखुटीका प्रधानाध्यापक गणेश कुमार बस्नेत, प्रा.वि. बखरियाका प्रधानाध्यापक टेकबहादुर खत्री र चिसापानी टोल विकास संस्थाका अध्यक्ष देवबहादुर बि.क.ले आफ्नो धारणा व्यक्त गर्नु भएको थियो ।सो अवसरमा न्यानो कपडाका लागि आर्थिक सहयोग गर्ने नेपाल महिला सामुदायिक सेवा केन्द्रका दाङ जिल्ला उपाध्यक्ष विष्णु गिरी,सहयोगिदाता पोषण न्यौपाने र भूपबहादुर केसीलाई सम्मान समेत गरिएको थियो ।
वडा सदस्य बिमला शर्माको स्वागत मनतव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव कर्ण बहादुर हमालले गर्नु भएको थियो ।
