२५ जेठ २०८० बिहीबार
बारा— बारामा १४ दिनको छोरा हत्या गरी फरार भएका अभियुक्त बिहीबार काठमाडौंंको चन्द्रागिरीबाट पक्राउ परेका छन्।
बाराको देवताल गाउँपालिका–४ तिप्राडी टोल बस्ने नुर आलम अन्सारी जेठ १४ गते बेलुकी नवजात छोराको हत्या गरी फरार भएका थिए।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खोजतलासमा खटिएको प्रहरी टोलीले उनलाई मंगलबार राति चन्द्रागिरि नगरपालिका–१५ ढुङ्गेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो।
अन्सारीलाई अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बारामा पठाइएको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।