NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

१६लाख किशोरीलाई क्यान्सर बिरुद्धको खोप लगाईदै

नयाँसरोकर नयाँसरोकर
१२ महिना अगाडि
प्रदेश १, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

शनिबार, माघ ५, २०८१

काठमाण्डौ ।स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारले १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन लागेको बताएका छन् ।काठमाडौँको टोखामा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले शनिबार आयोजना गरेको ‘निःशुल्क स्वास्थ्य तथा आँखा शिविर’ को उद्घाटन गर्दै उनले १० देखि १४ वर्षसम्मका १६ लाख किशोरीलाई क्यान्सरविरुद्धको खोप लगाउन सरकार लागिरहेको बताएका हुन् ।

‘महिलामा क्यान्सर हुन नदिन सरकारले यही माघ २२ देखि देशभरका १६ लाख किशोरीमा क्यान्सरविरुद्धको खोप प्रदान गर्न लागेको छ’, स्वास्थ्यमन्त्री पौडेलले भने। उनले पाँच वटा अस्पतालमा किशोरीका लागि क्यान्सरको निःशुल्क उपचारको व्यवस्था सरकारले मिलाएको बताए । सरकारले पक्षघातको औषधि निःशुल्क वितरण गर्ने गरी कार्य योजना अगाडि बढाएको पनि उनले जानकारी दिए।

स्वास्थ्यमन्त्री पौडेलले नागरिकको योगदानमा आधारित कोष बढाएर स्वास्थ्य बिमाको रकमसमेत बढाउँदै आम नागरिकको उपचारमा खर्च गर्नेगरी सरकारले योजना बनाएको उल्लेख गरे।

‘हाल स्वास्थ्य बिमाको रकम रु एक लाख रहेको छ, हामी त्यसलाई बढाएर पाँच लाख बनाउने गरी योजना बनाइरहेका छौँ’, उनले भने।

छिरिएर रहेको स्वास्थ्य रकमलाई बिमा कोषमार्फत उपचार गराउने प्रबन्ध गरिने उनको भनाइ थियो । उनले नेपालको स्वास्थ्य क्षेत्र धेरै सुधारिएको भए पनि अझै पर्याप्त नभएको उल्लेख गरे ।

टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले समाज रुपान्तरणमा जनकल्याण सामाजिक केन्द्रले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए। उनले समाज सेवाको क्षेत्रलाई निरन्तर अगाडि बढाउन उक्त संस्थालाई आग्रह गरे ।

टोखा नगरपालिकाले जनकल्याण सामाजिक केन्द्रलाई अगाडि बढाउन सहयोग गर्ने नगरप्रमुख अधिकारीको भनाइ थियो । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक नवराज अधिकारी, जनकल्याण सामाजिक केन्द्रका सल्लाहकार भरत ढकालले जनकल्याण सामाजिक केन्द्रले टोखाको समाज र स्वास्थ्य क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान दिएको बताएका थिए ।

विसं २०७० मा स्थापना भएको जनकल्याण सामाजिक केन्द्रले हालसम्म देशभर तीन सय ५१ पटक रक्तदान, स्वास्थ्य शिविर, आँखा शिविरलगायतका स्वास्थ्य कार्यक्रम सञ्चालन गरिसकेको केन्द्रका अध्यक्ष विकासकुमार दासले जानकारी दिए ।

अल नेपाल अस्पताल र दृष्टि आँखा केन्द्रको सहकार्यमा आयोजना गरिएको आजको स्वास्थ्य शिविरमा दुई सयभन्दा बढी व्यक्तिलाई सेवा प्रदान गरिएको थियो । कार्यक्रममा विभिन्न विधामा योगदान दिएका एक दर्जनभन्दा बढी व्यक्तिलाई सम्मान गरिएको थियो ।

अघिल्लो पोस्ट

इरानमा सर्वोच्च अदालतका दुई न्यायाधीशको गोली हानी हत्या

अर्को पोस्ट

प्रेस चौतारी दाङको अधिवेशन माघ १९ मा तोकियो

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

प्रेस चौतारी दाङको अधिवेशन माघ १९ मा तोकियो

विद्यालय कर्मचारीको माग सम्बोधन हुने गरी ‘लबिङ’ गरिरहेका छौ,अध्यक्ष तिवारी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!