२९ कात्तिक २०८१ बिहिबार
पर्सा ।वीरगंजमा ठुलो परिमाणमा चरेश सहित तीन जना पक्राउ परेका छन । जिल्लाको वीरगंज महानगरपालिका—१५ मा करिब २२ किलो चरेश सहित तीन जना पक्राउ परेका हुन। पक्राउ पर्नेहरूमा बारा सिम्रौनगढ नगरपालिका(४ हरिहरपुरका २९ वर्षीय मकसुद अन्सारी, २० वर्षीय रामलाल सहनी र भारत विहार मोतीहारी ग्राम आदापुर बस्ने २९ वर्षीय मुकेश कुमार रहेका छन्।भिष्वा होटल अगाडि चालीस फिट्टे सडकबाट २२ किलो ५ सय ग्राम चरेससहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय पर्सा र वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले ना.१५ प ११५६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त परिमाणको चरेश सहित फेला पारी पक्राउ गरिएको जनाएको छ।यसबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।