काठमाण्डाै – पोखरामा आइतवार भएको यति एअरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव भेटिएको छ । योसँगै दुर्घटनामा परेका ७१ जनाको शव भेटिएको यति एअरलाइन्सले जनाएको छ । अझै एक जनाकाे अवस्था अज्ञात रहेकाे र खोजी भइरहेको एअरलाइन्सले जानकारी दिएको छ ।
यसैबीच विमान दुर्घटनामा निधन भएकामध्ये काठमाण्डौ ल्याइएका ४८ वटा शवको शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम भइरहेको छ । पाेस्टमार्टमपछि आफन्तलाई शव बुझाउने यति एअरलाइन्सले जनाएको छ ।
यस्तै २२ जनाको शव पोखरामा पोस्टमार्टम गरेर आफन्तलाई बुझाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिनुभएकाे छ ।
गएकाे आइतवार ६८ जना यात्रुसहित चार जना चालक दलका सदस्य गरी ७२ जना सवार यति एअरलाइन्सकाे विमान सेती नदीकाे खाेँचमा दुर्घटना भएकाे थियाे ।