NayaSarokar | Newspaper
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
  • होमपेज
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • अर्थतन्त्र
  • खेलकुद
  • मनोरन्जन
  • विज्ञान
  • प्रविधि
  • स्वास्थ्य
  • शिक्षा
No Result
View All Result
NayaSarokar | Newspaper
No Result
View All Result

एनपीएल क्रिकेटःचितवन राइनोज र जनकपुर बोल्ट्स विजयी

नयाँसरोकर नयाँसरोकर
१ वर्ष अगाडि
खेलकुद, समाचार, होमपेज
Reading Time: 1 min read
A A
0
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

२४ मंसिर २०८१,आइतबार
काठमाडौं ।नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा चितवन राइनोजसँग सुदूरपश्चिम रोयल्स ३३ रनले पराजित भएको छ ।

खेलमा चितवन राइनोजले दिएको १६५ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिम १८ ओभर २ बलमा अलआउट हुँदै १३१ रनमा समेटियो ।

एनपीएलमा सुदूरपश्चिमको यो पहिलो हार हो । यसअघि भएका ३ वटै खेलमा सुदूरपश्चिमले जित निकालेको छ ।

जनकपुर बोल्ट्सले लुम्बिनीलाई एक रनले हराउदै निकाल्यो चौथो जित

यसैबीच आजै भएको अर्को खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई एक रनले पराजित गरेको छ । प्रतियोगितामा जनकपुरको यो लगातार चौथो जीत हो । यसअघि जनकपुरले विराटनगर, कर्णाली र पोखरालाई पराजित गरेको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा जनकपुरले जीतका लागि दिएको एक सय ३७ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ३५ रनमा समेटियो ।

लुम्बिनीका लागि कप्तान रोहितकुमार पौडेलले ३८ बल खेल्दै तीन चौकाको सहयोगमा ३५ रन बनाए । त्यसैगरी टम मुर्सले ३१ तथा सन्दीप जोराले १६ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । खेलको अन्तिम बलमा जीतका लागि दुई रन आवश्यक रहेकामा हर्ष ठाकरले सन्दीप जोरालाई आउट गराएपछि जनकपुरको जीत पक्का भएको थियो ।

जनकपुरका लागि हर्ष ठोकरले सर्वाधिक पाँच विकेट लिए भने किशार महतो, शेर मल्ल र ललित राजवंशीले समान एक÷एक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय ३६ रनको मध्यम योगफल तयार गरेको थियो । जनकपुरका लागि कप्तान अनिल शाहले सर्वाधिक ४५ रन जोडे । उनले ३९ बलमा एक चौका र चार छक्का प्रहार गरेका थिए ।

त्यस्तै लाहिरु मिलन्थाले २३ बलमा दुई चौकाको सहयोगमा २४ रन बनाए । शुभ कंसाकरले २४ बलमा अविजित २२ रन बनाए । पहिलो विकेटका रुपमा जनकपुरका ओपनर तथा मार्की खेलाडी आसिफ शेख १० बलमा १६ रन बनाउँदै आउट भएका थिए ।

लुम्बिनीका लागि यसै खेलबाट डेब्यु गरेका अभिषेक गौतमले तीन विकेट लिए भने कप्तान रोहितकुमार पौडेल र साद विन जाफरले समान दुई÷दुई विकेट लिए । त्यस्तै सन्दीप जोराले एक विकेट झारे ।

अघिल्लो पोस्ट

जीप दुर्घटनामा दुईको मृत्यु,तीन घाइते

अर्को पोस्ट

विद्यालय स्तरमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

नयाँसरोकर

नयाँसरोकर

सम्बन्धित पोस्टहरू

होमपेज

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21
होमपेज

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74
होमपेज

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47
होमपेज

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19
होमपेज

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9
होमपेज

राष्ट्रिय शोक मनाउन आज सार्वजनिक बिदा

४ महिना अगाडि
1
Next Post

विद्यालय स्तरमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रम

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु दुई घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

भर्खरको समाचार

  • All
  • समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि
2

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
21

सीमा सुरक्षा गुल्म इनर्वामा डीएसपी खड्का आएलगत्तै ठूलो उपलब्धि, साढे ४१ किलो गाँजा बरामद

२ हप्ता अगाडि
74

मुग्लिन–नारायणघाट सडक दुईतर्फी सञ्चालनमा

४ महिना अगाडि
47

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

४ महिना अगाडि
19

सुदूरपश्चिम प्रदेशमा आज ‘बुढी पोल्ने’ पर्व मनाइँदै 

४ महिना अगाडि
9

हाम्रो फेसबुक पेज

NayaSarokar | Newspaper

माँ पूर्णगिरी मिडिया नेटवर्क प्रा.लि

सूचना विभाग दर्ता नं :-३६२४-२०७९८०
मोबाईल नम्बर :- ९८५८०८६६६५
ठेगना :- नेपालगन्ज–०४, गणेशपुर
ईमेल:- [email protected]

ब्राउज गर्नुहोस्

  • ! Без рубрики
  • Buy Semaglutide Online
  • casinowazamba
  • अन्तर्राष्ट्रिय
  • अर्थतन्त्र
  • कर्णाली प्रदेश
  • कृषि
  • खेलकुद
  • गण्डकी प्रदेश
  • चाडपर्व
  • चुनाव २०७९
  • प्रदेश १
  • प्रविधि
  • बागमती प्रदेश
  • मधेश प्रदेश
  • मनोरन्जन
  • राजनीति
  • लुम्बिनी प्रदेश
  • विचार
  • विज्ञान
  • शिक्षा
  • समाचार
  • सुदूरपश्चिम प्रदेश
  • स्वास्थ्य
  • होमपेज

भर्खरको समाचार

Environmental Problems in the Modern World

१ हप्ता अगाडि

भेनेजुएलाका राष्ट्रपति मादुरो र पत्नी फ्लोरेस न्युयोर्क हिरासतमा

२ हप्ता अगाडि
  • हाम्रो टीम
  • प्राइभेसी पोलिसी
  • विज्ञापन
  • सम्पर्क

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

No Result
View All Result
  • होमपेज
  • अर्थतन्त्र
  • खेलकुद
  • प्रविधि
  • मनोरन्जन
  • राजनीति
  • विचार
  • विज्ञान
  • समाचार
  • स्वास्थ्य

© 2022 Maa Purnagiri Media Network Pvt Ltd

error: सामग्री सुरक्षित छ !!