२०८१ जेठ २५ गते शुक्रबार
तुलसीपुर । दाङको तुलसीपुरमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको ज्यान गएको छ । तुलसीपुर–६ सुकौरा रोडस्थित ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीलाई आज बिहान सँसा ८ बजेको समयमा खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकास थापाले जानकारी दिनुभयो ।
नेपाल आर्मीमा कार्यरत बुढाथोकीले शान्ति सेनाबाट फर्केर आउदा श्रीमती अर्कैसँग लागेको थाहा पाएपछि खुकुरी प्रहार गरी हत्या गरेको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । प्रहरीका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भीर घाइते भएकी टिकाको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको हो। हत्या गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।