२०८१ जेठ ३२ गते शुक्रबार
दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित एकल रचना वाचन कार्यक्रम अन्तर्गत ७७ औँ शृङ्खलामा कवि÷समालोचक पुष्कर रिजाल ‘पुष्प’ले एकल रचना (कविता) वाचन गर्नु भएको छ ।
शुक्रबार राप्ती साहित्य परिषद जिल्ला शाखा दाङले घोराहीमा आयोजना गरेका एक रचना वाचन कार्यक्रममा कवि पुष्करले आफूद्धारा रचना गरिएका छन्द र गद्य विधाका १४ कविता वाचन गर्नु भएको थियो ।राप्ती साहित्य परिषदका सल्लाहकार एंव निर्तमान अध्यक्ष पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता एंव वरिष्ठ साहित्यकार उत्तम कृष्ण मजगैयाँको विशिष्ट आतिथ्यतामा रचना वाचन कार्यक्रम भएको थियो ।पुष्करका कवितामा देशको समसामयिकता र विषम परिस्थिति झल्किन्छ ।
वाचित कविताहरुको समीक्षा राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष तथा साहित्यकार डा.टीकाराम उदासीले गर्नु भएको थियो । रचना वाचन कार्यक्रममा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहककार पदम प्रसाद शर्मा,साहित्यकार गणेश विषम राप्ती साहित्य परिषद् दाङ जिल्ला शाखाका निर्वमान अध्यक्ष तथा सल्लाहकार दीपक शर्मा‘समीर’लगायतले शुभकामना मनतव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा कवि पुष्करलाई परिषद्ले प्रमाणपत्र सहित सम्मान समेत गरेको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला दाङ शाखाका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सुरेशकुमार पाण्डेले स्वागत मनतव्य राख्नु भएको थियो भने कार्यक्रमको सहजीकरण परिषद्का सचिव घनश्याम वलीले गर्नु भएको थियो ।