२०८१ असार ९ गते आइत।
दाङ ।महिलाहरुलाई आयआर्जनसंग जोड्न सीपमूलक तालिम दिईएको छ । प्रगतिशिल सामुदायिक सिकाई केन्द्र तुलसीपुर—१३ दाङको आयोजना तथा तुलसीपुर उपमहानगरपालिकाको आर्थिक सहयोगमा १५ जना महिलाहरुलाई कुसन तथा गुडिया बनाउने तालिम दिइएको हो ।
महिलाहरुको सीपमा दक्षता अभिवृद्धि गरी उनीहरुलाई आत्मनिर्भर बनाउन तालिमको सञ्चालन गरिएको सिकाई आयोजक संस्थाले जानकारी दिएको छ ।१२ दिनसम्म सञ्चालन भएको तालिमको आइतबार समापन गरिएको छ । प्रगतिशिल सामुदायिक सिकाई केन्द्रका अध्यक्ष डेगबहादुर डिसीको अध्यक्षता एंव तुलसीपुर उपमहानगरपालिका १३ नं.का वडाध्यक्ष मोहन पौडेलको प्रमुख आतिथ्यतामा तालिम समापन गरिएको हो ।
कार्यक्रममा बोल्दै वडाध्यक्ष पौडेलले महिलाहरुलाई उत्पादन र आयआर्जनमा जोड्न वडा कार्यालयले आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने तयारीमा रहेको बताउनु भयो ।कार्यक्रममा वडा जनप्रतिनिधि बिमला पौडेल,खिमकान्त पाण्डे जनज्योति मा.वि.का सहायक प्रधानाध्यापक मधु नेपाली,प्रशिक्षक रेणु श्रेष्ठ जि.एम.लगायतले मनतव्य दिनु भएको थियो ।तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।सहभागि प्रशिक्षर्थीहरुलाई प्रमाणपत्र सहित र उनीहरुले निर्माण गरेका कुसन र गुडिया समेत वितरण गरिएको थियो । कार्यक्रमको सहजिकरण सिकाई केन्द्रका कार्यक्रम संयोजक देवबहादुर विश्वकर्माले गर्नु भएको थियो ।