२२ असार २०८१ शनिबार
दाङ—खोलाको बाढीमा ट्याक्टर फस्दा दाङमा एक जनाको ज्यान गएको छ ।
देउखुरीको राजपुर गाउँपालिका वडा नं.५ स्थित गंगदी खोलामा आएको बाढीमा ट्याक्टर फस्दा सोही ठाउँका ५२ वर्षीय छेदिराम चौधरीको ज्यान गएको हो । ट्याक्टरमा तीन जना चौधरी सहित तीन जना सवार थिए ।
खोला तर्दै गर्दा रा १ त २१६६ नम्बरको ट्याक्टर खाडलमा भासिएपछि चौधरीको खुट्टा पनि फसेको थियो । फसेको खुट्टा निकाल्न नसक्दा चौधरीको खोलामा आएको बाढीमा डुबेर मृत्यु भएको हो ।ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीलाई भने सकुशल उद्धार गरिएको छ ।