
प्रदीप गुप्ता बाँके । नेपालगञ्ज उप महानगर पालिकाको वडा नं ११ टांगा स्टेशन नजिक एक युवकको हत्या भएको छ।
गएराति दुई समूहबीच ग्याङफाइट भैरहेका बेला छुट्टाउन गएका एक व्यक्तिको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
बाँके प्रहरीका अनुसार दुई समूहबीच ग्याङफाइट हुँदै गर्दा छुट्टाउन गएका नेपालगञ्ज-११ का ३८ वर्षीय इरसाद राई कबडियामाथि नै एक समूहले धारिलो हतियार प्रहार गरेको थियो। गम्भीर घाइते भएका इरसादको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
इरसादको हत्या गर्ने समूहको अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। तर उक्त समूहको एउटा मोटरसाइकल प्रहरीले फेला परेको छ।प्रहरीले सोही मोटरसाइकलका आधारमा हत्या गर्ने समुहको खोजीकार्य जारी रहेको जानकारी प्राप्त भएको छ।