
बाँके :बाँके प्रहरीले प्रतिबन्धित औषधीसहित दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह नाकास्थित भारतको रुपैडियाबाट नेपालगञ्ज तर्फ आउदै गरेको भे.१० प २२५८ नंम्बरको मोटरसाईकल जमुनहा नाकामा चेकजाँच गर्ने क्रममा प्रतिवन्धित औषधीसहित दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रतिबन्धित औषधी सहित पक्राउ परेका कोहलपुर नगरपालिका–१५ बस्ने छोटेलाल थारु र सोही ठाउँ बस्ने भुन्सी थारु रहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट प्रहरीले भोसेट नामक औषधी १ हजार ट्याबलेट र निमुस्लाइड नामक औषधी १ हजार ट्याबलेट बरामद गरेको छ ।
बरामदी औषधी थप अनुसन्धानका लागि,औषधी ब्यवस्था बिभाग बाँकेमा पठाईएको प्रहरीेले जनाएको छ ।