२०८१ श्रावण ०३ गते बिहिबार
दाङ। दाङको देउखुरीमा विषालु सर्पले डस्दा एक बालिकाको ज्यान गएको छ । राजपुर गाउँपालिका वडा नम्बर – १ कटबेरुवाकी १४ वर्षीय सुस्मिता रोकालाई विषालु सर्पले डस्दा ज्यान गएको हो।बुधबार राति घरमै सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको परिवारले जनाएको छ ।
बिहानपख सुस्मिता सुतिरहेको अवस्थामा मृत फेला परेपछि मात्र उनको परिवारले सर्पले टोकेको थाहा पाएको थियो ।
चेकजाँचका लागि स्वास्थ्य चौकी पुराइएकोमा सर्पको डसाईबाट नै उनको मृत्युको पुष्टि भएको थियो ।सुस्मिता जनज्योति माध्यमिक विद्यालय राजपुर-२ मेटरियामा कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।