२०८१ श्रावण ०७ गते सोमबार
दाङ- लुम्बिनी प्रदेशकाे मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले दाबी पेश गर्नुभएको छ ।आचार्यले लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसमक्ष आज मुख्यमन्त्रीमा दावी पेश गर्नुभएको हो ।
आचार्यले नेपाली काँग्रेसका प्रदेश सभा सदस्यहरुको समर्थनमा दावी पेश गर्नुभएको छ ।केन्द्रीय सत्ता समीकरणमा नयाँ परिवर्तन भएसँगै प्रदेशहरुमा पनि यसको प्रत्यक्ष प्रभाव परेको छ ।
हिजो मात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले राजिनामा दिनुभएको थियो ।।