
बाँके । बाँकेको जानकी गाउँपालिका गनापुर नजिकै हवलदारपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । भने कम्तीमा २५ जना घाइते भएका छन् ।
आज बिहान दाङबाट नेपालगञ्जका लागि छुटेको भे १ ख २१२८ नम्बरको बस नेपालगञ्ज पुग्नै लाग्दा गनापुरमा दुर्घटना भएको हो ।
घाइतेहरु मध्य २१ जनाको भेरी अस्पतालमा, ५ जनाको कोहलपुर स्थित मेडिकल कलेजमा १ जनाको नेपालगञ्जको नर्सिङ होममा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । मृतकको नाम भने खुलिनसकेको छैन ।