आइतबार, कात्तिक २५, २०८१
विराटनगर : कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।
उनलाई आइतबार दिउँसो विराटनगरबाट काठमाडौं गई प्रहरी अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय लगिँदै गरेको बताइएको छ।
मुख्यमन्त्री कार्यलयबाट आएको विश्वसनीय स्रोतका अनुसार उनलाई आजै प्रहरी नियन्त्रणमा लिइएको हो। थप अनुसन्धानका लागि उनलाई आजै काठमाडौं पठाउने तयारी रहेको बताइएको छ। तर, मोरङ प्रहरीले भने उनी पक्राउ परिसकेको बारे कुनै प्रतिक्रिया दिएको छैन।
जापान काण्डमा मुछिएपछि अधिकारीलाई एमालेले मन्त्रीबाट राजीनामा गराउनुका सागै पार्टीका सबै जिम्मेवारीबाट निलम्बन गरेको थियो।