आइतबार, कात्तिक २५, २०८१
पोखरा ।सहकारी संस्थाहरूको रकम हिनामिना प्रकरणमा हिरासतमा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन थुनामा राखेर अनुसान्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ।
अदालतका सूचना अधिकारी सुरज अधिकारीले भने, “उहाँलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ।”राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेमाथि अनुसन्धान गर्नका लागि प्रहरीले चौथो पटक अदालतबाट थप म्याद पाएको हो।
यसअघि गत मङ्गलवार उनलाई अदालतले थप १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।प्रहरीले अदालतबाट दोस्रो पटक पाएको म्याद अघिल्लो साताको साता बुधवार नै सकिएको थियो। तर तिहारको बिदा भएका कारण उनलाई पाँच दिनपछि गत मङ्गलवार अदालतमा पेस गरिएको थियो।
लामिछानेलाई पक्राउ गरिएको विरोधमा आइतवार पनि रास्वपा कार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका छन्।ठगी तथा सङ्गठित अपराधको अनुसन्धानका लागि भन्दै प्रहरीले कात्तिक २ गते लामिछानेलाई काठमाण्डूबाट गिरफ्तार गरी कास्की पुर्याएको थियो।
उनको गिरफ्तारीयता रास्वपाका नेता तथा कार्यकर्ताले सरकारको “प्रतिशोधपूर्ण कदम” भन्दै निरन्तर विरोधप्रदर्शन गर्दै आएका छन्।सहकारी प्रकरणमा लामिछाने “निर्दोष रहेको” उनी स्वयं र उनका समर्थकहरूले दाबी गर्दै आएका छन्।
उनका आलोचकहरूले “सहकारी ठगीको रकमको दुरुपयोगमा लामिछानेको पनि हात रहेको” भन्दै त्यसबाट उनले उन्मुक्ति पाउन नसक्ने बताउने गरेका छन्।लामिछानेलाई पक्राउ गरिएको विरोधमा आइतवार पनि रास्वपा कार्यकर्ताहरूले पोखरामा प्रदर्शन गरेका थिए