२८ कात्तिक २०८१ बुधबार
दाङ । बलात्कार आराेमा दाङमा एक युवक पक्राउ परेका छन् । दाङकी एक ३४ वर्षीया महिलालाई जवरजस्तीकरणी गरेको आरोपमा प्रहरीले लुंग्री गाउँपालिका –२ रोल्पाका २३ वर्षीय दीपक बिकलाई पक्राउ गरेको हाे ।
आफूमाथि बलात्कार भएको उल्लेख गर्दै पीडितले इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएपछि प्रहरीले आरोपितलाई गढवा–१ जमुनीबाट मङ्गलबार पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।