१ मंसिर २०८१,शनिबार
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले देशमा फेरि एकपटक नयाँ आन्दोलनको सूत्रपात गर्न आवश्यक रहेको बताएका छन ।
शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन ।
अध्यक्ष दाहालले नयाँ समाजवादी आन्दोलन, नयाँ उत्पादनको आन्दोलनको सूत्रपात जरुरी रहेको बताए । उनले उत्पादनको आन्दोलनमा माओवादीले अग्रणी भुमिका खेल्नुपर्ने जरुरी रहेको बताए । दाहालले संविधान सभाबाट संविधान बनाउँदा आफूहरुले भनेको जस्तो संविधान नबनेको बताए। उनले अहिलेको सरकारको उद्देश्य सुशासनको नभइ भ्रष्टाचारीको संरक्षण गर्ने रहेको आरोप लगाए ।
अध्यक्ष दाहालले भ्रष्टाचारीहरुलाई कारबाही गरेबापत आफू सरकारबाट हट्नुपरेको बताए ।